समाज


‘बहिरा समुदाय घरेलु र यौन हिंसाको उच्च जोखिममा’

‘बहिरा समुदाय घरेलु र यौन हिंसाको उच्च जोखिममा’

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १९:११, काठमाडौँ

राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले बहिरा समुदायका महिला–पुरुष घरेलु हिंसा, यौनहिंसा र आत्महत्या जस्ता गम्भीर समस्याको जोखिममा रहेको भन्दै तत्काल प्रभावकारी जनचेतनामूलक पहल आवश्यक रहेको बताएका छन्।

बुधबार कामठमाडौंमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सचेतनाको अभावका कारण धेरै बहिरा महिला तथा पुरुष घरेलु हिंसामा फस्ने गरेको र परिवारमै जनचेतनाको कमीले आत्महत्यासम्म गर्नुपर्ने अवस्था देखिने गरेको बताए। 

केही बहिरा नागरिकले सामना गर्नुपरेको हिंसाजन्य क्रियाकलापहरुको उदाहरण दिँदै राज्यले जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा केसीले जोड दिए। 

उनले भने, ‘महिला–पुरुष साथीहरू घरेलु हिंसाको सिकार बन्न पुगेको अवस्था छ। घरपरिवारमै पनि जनचेतनाको कमीको कारणले आत्महत्या गर्नुपर्ने समस्या विद्यमान छन्। अहिले भर्खरै पोखराको बहिरा विद्यालयमै पनि १४ वर्षको उमेरमै गर्भवती भएको घटनाहरू छन्। विद्यालयमै बहिरा बालबालिकाहरूले यौनहिंसाको सिकार हुनुपर्ने अवस्था रहेको छ।’

अध्यक्ष केसीले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे शिक्षा नहुँदा बहिरा समुदायका बालबालिका अझै बढी जोखिममा परिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad