खेल


मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य

मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य

तस्बिरहरूः सरोज नेपाल


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १३:१८, काठमाडौँ

डविड मलान र अर्जुन साउदको शतकीय साझेदारीमा चितवन राइनोजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु जितका लागि १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको हो। 


पहिलो विकेटका लागि ओपनर डविड र अर्जुनले १३.४ ओभरमा १ सय १२ रनको साझेदारी गरेपछि चुनौतीपूूर्ण लक्ष्यको आधार तयार पारे। जारी एनपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक रनको साझेदारी हो। 

ओपनर डविडले सर्वाधिक ८० रनको योगदान दिए। ५४ बलमा ४ चौका र ५ छक्का सहयोगमा ८० रन बनाएका डविड माज सदाकतको बलमा एलबीडब्लु धरापमा परे। डविडले ३ बलमा २ चौका र ४ छक्का सहयोगमा अर्धशतक हानेका थिए। 

अर्का ओपनर अर्जुन ३९ बलमा ४ चौका र ३ छक्का सहयोगमा ५२ रन बनाउँदा जान निकोल लफ्टी इटोनको बलमा सञ्जय कृष्णमुर्तिको हातबाट क्याच आउट हुन पुगे। अर्जुनले ३७ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। 

कप्तान कुशल मल्ल ३० र अमर राउटेला १ रनमा अविजित रहे। सैफ जैव ७ रन बनाउँदा क्याच आउट नै भए। रवि वोपारा ३ रनमा नै क्याच आउट हुन पुगे। 

जनकपुरका लागि अनिल साह, माज सदाकत, लफ्टी इटोन र रुपेश सिंहले समान एक विकेट झारे। 

जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

एनपीएलमा तेस्रो जितको खोजीमा रहेको चितवन प्लेअफ सम्भावना जिवित राख्न जित्नै पर्ने दबाबमा छ। जनकपुरसामु पनि प्लेअफ सम्भावना कायम राख्न जितको विकल्प छैन। 

आजको खेलमा हार भोगेमा जनकपुरको प्लेअफ सम्भावना सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad