एसीसी मेन्स यू-१९ प्रिमियर कप २०२५ मा नेपाली युवा टोली उपविजेतामा सिमित बनेको छ। सोमबार भएको फाइनलमा नेपाली युवा टोलीलाई २७ रनले पराजित गर्दै यूएईले प्रिमियर कपको उपाधि उचालेको हो।
यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोली ३३.२ ओभरमा १ सय २० रनमा अलआउट भयो।
नेपालका लागि कप्तान धामीले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। आशिष लुहार र रोशन विश्वकर्माले समान २५ रन थपे। वंश क्षेत्री ११ रन बनाउँदा बोल्ड आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
त्यसअघि नेपाली युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ४५.५ ओभरमा १ सय ४७ रन बनाउँदा अलआउट भयो।
प्रिमियर कपको फाइनलमा नेपाल पराजित भए पनि यी दुई टोली टोलीले एसिया कपमा स्थान बनाइसकेका छन्।
105
Shares

प्रतिक्रिया