खेल


एनपीएल: आज कर्णाली र काठमाडौँ भिड्दै

एनपीएल: आज कर्णाली र काठमाडौँ भिड्दै

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ६:२०, काठमाडौँ

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन्। खेल आइतबार अपराह्न ३ः३० बजेदेखि सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले अहिलेसम्म एउटा मात्र जित निकालेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ। 

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर  तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad