खेल


सञ्जयको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

सञ्जयको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १७:२३, काठमाडौँ

सञ्जय कृष्णमूर्तिको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई एक सय ४६ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको जनकपुरले आठ विकेटको क्षतिमा एक सय ४५ रनको योगफल तयार पारेको हो। जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्धशतक पूरा गरे। ३७ बलमा चार चौका र दुई छक्का सहयोगमा अर्धशतक पूरा गरेका सञ्जय ३८औँ बलमा बोल्ड आउट भए। 

त्यस्तै, ३३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाएका जान निकोल लफ्टी इटोन अविनास बोहराको बलमा हरमित सिंहको हातबाट क्याच आउट भए। ओपनर माज सदाकत १२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए। 

आशिफ शेख डकआउट हुन पुगे। शुभ कंसाकार शून्यमै पेभेलियन फर्के। आदित्य महता १५ रन थप्दै आउट भए। 

कप्तान वायन पार्नेल १४ रनमा क्याच आउट भए। रुपेश सिंह एक रनमा नटआउट रहे। 

सुदूरपश्चिमका लागि अविनास बोहराले चार विकेट झारे। स्कट कुगेलाइनले तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले एक विकेट आफ्नो नाममा गरे। 

सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad