सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्टसले पावर प्लेमै तीन विकेट गुमाएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार टस जितेर ब्याटिङ गरेको जनकपुरले पावर प्लेमा तीन विकेट गुमाएर ३५ रन मात्रै बनाएको छ। जनकपुरले पहिलो ओभरमै आसिफ शेखलाई गुमायो। उनी शून्यमा आउट भए।
त्यसपछि तेस्रो ओभरमा मयन यादव आउट भए। उनले ६ रन मात्रै बनाए।
तेस्रो विकेटका रुपमा माज सदाकत आउट भएका छन्। प्रारम्भिक ब्याटर सदाकत १२ रनमा आउट भए।
सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
111
Shares

प्रतिक्रिया