खेल


अम्पायरको निर्णयमा असहमति जनाउँदा लुम्बिनीका विकेटकिपरलाई जरिवाना

अम्पायरको निर्णयमा असहमति जनाउँदा लुम्बिनीका विकेटकिपरलाई जरिवाना

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १६:४३, काठमाडौँ

अम्पायरको निर्णयमा असहमति जनाउँदा लुम्बिनी लायन्सका विकेटकिपर निरोशन डिकवेलालाई जरिवाना गरिएको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार लुम्बिनी र पोखरा एभेन्जर्सबीच भएको खेलमा निरोशनले अम्पायरको निर्णयमा असहमित जनाएका थिए। पोखराका खेलाडीलाई नटआउट दिँदा उनले ग्लोब्स देखाउँदै असहमति जनाएको अम्पायरले रिपोर्टिङ गरेका थिए। 

उनले आचारसंहिता उल्लंघन गरेकाले जरिवाना गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आजको खेलमा उनले पाउने पारिश्रमिकमा ५ प्रतिशत कटौति गरिएको छ। यससँगै उनलाई एक डिमेरिट प्वाइन्ट जरिवाना गरिएको छ। 

निरोशनले आफ्नो गल्ती स्वीकार गरेका छन्। जसले गर्दा थप छानबिन आवश्यक नभएको क्यानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad