खेल


लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य

लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य

तस्बिर: सरोज नेपाल


नेपालखबर
मंसिर १३, २०८२ शनिबार १२:५७, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा एडम रोसिङटन र जिम्मी निसमको अर्धशतक सहयोगमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु जितका लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रनको योगफल तयार पारेको हो। 

पाचौँ विकेटका लागि एडम रोसिङटोन र जिम्मी निसमले ९२ रनको साझेदारी गरे। 

६३ बलमा ७ चौका र ५ छक्का सहयोगमा ८१ रन बनाउँदा एडम क्याच आउट भए। एडमले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। 

जिम्मी निसम ५१ र किरण ठगुन्ना १ रनमा अविजित रहे। जिम्मीले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। 

ओपनर दिनेश खरेल ७ रन बनाउँदा शेर मल्लको बलमा रोहित पौडेलको हातबाट क्यात आउट भए।

कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए। कुशल लगातार दुई खेलमा गोल्डेन डडआउट भएका हुन्। 

सुमित वर्मा डक आउट भए। तृतराज दास १ रन बनाउँदा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। 

लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले समान २ विकेट लिए। गुल्बदिन नइवले एक विकेट आफ्नो नाममा गरे। 

प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा रहेको लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

यो खेल हार्ने टोलीको प्लेअफ सम्भावना कठिन बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad