नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कृष्ण दाहालले पार्टीको एघारौँ महाधिवेशनका लागि परिषद्का तर्फबाट गरिएको प्रतिनिधि छनोट प्रक्रिया अवैधानिक भएको दाबी गर्दै बदर गर्न महासचिव शंकर पोखरेलसँग लिखित रूपमा माग गरेका छन्।
सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा र सचिव प्रेम कुँवरलगायतले पार्टीको विधि-पद्धतिविपरीत २५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको आरोप लगाउँदै सदस्य दाहालले यो बदर गरिनुपर्ने माग राखेर महासचिव पोखरेललाई पत्र लेखेका हुन्।
‘अध्यक्ष अमृत बोहराले हामीसँग सल्लाह नै नगरी अँध्यारो कोठामा बसेर निर्णय गरी प्रतिनिधि छनोट गरे’, एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य दाहालले शनिबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले यो बदर गरिपाऊँ भनी महासचिवलाई पत्र लेखेको हुँ।’
हेर्नुहोस् दाहालले लेखेको पत्र-



Shares

प्रतिक्रिया