एसीसी मेन्स यू-१९ प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाली युवा टोलीले मलेसियाबाट ५२ रनको झिनो लक्ष्य पाएको छ।
यूएईको अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउन्ड २ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटियो।
मलेसिया एक समय ६.३ ओभरमा ६–१३ को अवस्थामा थियो।
नेपालविरुद्ध हमजाह पंगेनेलीले बनाएको १३ रन नै सर्वाधिक रह्यो।
मोहम्मद फातुलले ११ रन थपे। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
मलेसियालाई कम स्कोरमा रोक्न नेपालका नितेश कुमार पटेलले ४ विकेट लिए।
नितेशले ८ ओभरमा २ मेडन राख्दै २४ रन खर्चे।
चन्दन रामले ३ विकेट झारे। चन्दनले ५ ओभरमा एक मेडन राख्दै १७ रन दिए।
अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया