खेल


लुम्बिनीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, दुवै टोलीमा यी खेलाडी परिवर्तन

लुम्बिनीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने,  दुवै टोलीमा यी खेलाडी परिवर्तन

शनिबार बिहान टसका क्रममा लुम्बिनी र पोखरा। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर १३, २०८२ शनिबार १०:५७, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गर्ने भएको हो।

लुम्बिनीले अघिल्लो खेलबाट आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। 

पोखराले भने दुई खेलाडी परिवर्तन गरेको छ। 

लुम्बिनीका थोमस ड्राकाको स्थानमा निरोसन डिकोवेल्ला सुरुवाती ११ मा आएका छन्। 

पोखराको आकाश चन्द र डेनियल डाउथवेट आजको खेलमा बेन्चमा छन्।

उनीहरूको स्थानमा अविशेष तिवारी र म्याट टेलर सुरुवाती ११ मा आएका छन्। 

लुम्बिनी लायन्सः 
रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी,  शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नइब, रुवेन ट्रम्पलम्यान, निरोसन डिकोवेल्ला

पोखरा एभेन्जर्सको टोलीः 
कुशल मल्ल, दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, अविशेक तिवारी, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सुमित वर्मा, आडम रोसिङटन, जिम्मी निसम, म्याट टेलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad