राजनीति


विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै

विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ११:२७, काठमाडौँ

पार्टीको आगामी महाधिवेशनका विषयमा सहमति जुटाउन प्रयासरत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) पनि पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्दै छन्। 

छलफल सभापति देउवाकै निवास (महाराजगन्ज) मा दिउँसो २ बजे सुरु हुने कांग्रेस नेताहरूले नेपालखबरलाई जानकारी दिएका छन्। 

यसअघि देउवाले शुक्रबार आफ्नो निवासमा पार्टीका पदाधिकारीसँग छलफल गर्दै विशेष महाधिवेशनतिर नलागी नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिएका थिए। 

आजको छलफल पनि त्यही विषयमा केन्द्रित हुनेछ। सभापतिको कार्यकारी भूमिका त्यागे पनि पार्टीभित्र विशेष महाधिवेशन कि नियमित भन्नेमा विवाद भएपछि देउवाले लगातार ३ दिनदेखि नेताहरूसँग छलफल गरिरहेका छन्। 

शुक्रबार पदाधिकारीहरूसँगको छलफलमा देउवा आफू पार्टीको नेतृत्व छाड्न तयार भइसक्दा पनि नेताहरू नियमित र विशेषको नाममा विभाजित भएको भन्दै झोक्किएका थिए।

‘मैले नेतृत्व छाड्ने भनिसकेँ, तपाईंहरू विवाद गरेर यत्रो समय कटाउनुहुन्छ’, देउवालाई उद्धृत गर्दै एक पदाधिकारीले शुक्रबार नेपालखबरसँग भनेका छन्, ‘नियमित महाधिवेशनको मिति तोकेरै अघि जानुपर्छ। समय अपुग हुन सक्छ तर, यस्तो अवस्थामा सम्पूर्ण शक्ति लगाएर गरौँ। पुस मसान्तसम्म सक्नुपर्छ अब। किन सकिन्न? म नेतृत्व छाड्न तयार भएको मान्छेले हुन्छ भन्दा तपाईंहरू किन बखेडा झिक्नुहुन्छ?’

विषय मिल्नेतर्फ अघि बढेको ती पदाधिकारीले दाबी गरेका छन्।

‘शनिबार (आज) सम्म सहमति हुन्छ भन्ने विश्वास छ। सहमतिनजिक छौँ’, उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad