खेल


नेपाल टेनिस संघ रमाइलोको लागि मात्र स्थापना गरिएजस्तो देखिन्छ : अभिषेक बास्तोला (भिडिओ)

नेपाल टेनिस संघ रमाइलोको लागि मात्र स्थापना गरिएजस्तो देखिन्छ : अभिषेक बास्तोला (भिडिओ)

मगेन्द्र राई
मंसिर १२, २०८२ शुक्रबार १९:१९, काठमाडौँ

पोखराका अभिषेक बास्तोला बाल्यकालमा क्रिकेट रुचाउँथे। सानैदेखि खेलकुदमा चासो दिने उनले ९ वर्षको उमेरमा पहिलो पटक टेनिसको रैकेट समाते। त्यतिबेला उनका बुबा अनुज बास्तोला रिक्रिएसन क्लबमा टेनिस खेल्थे।

‘मलाई खासमा कसैले पनि टेनिस खेल्न प्रोत्साहन गरेनन्, सानो छँदा म टेनिस खेल्न कोर्टमा पुग्थेँ अनि खेल्न नपाउँदा रुँदै फर्कन्थेँ,’ उनी आफ्नो विगत सम्झन्छन्।

१३ वर्षको उमेरमा उनले थाइल्यान्डमा टेनिस खेल्नको लागि छात्रवृत्ति पाए। त्यहाँ करिब डेढ वर्ष टेनिस सिके। यो नै उनको गम्भीर प्रशिक्षण थियो। त्यसपछि उनको टेनिस खेलले गति लियो।

उनी टेनिसबाट ३ पटक एसियाली खेलमा सहभागिता जनाउने पहिलो व्यक्ति हुन्। त्यसका अलावा दक्षिण एसियाली खेलकुदमा पनि सहभागिता जनाए। उनले डेभिस कपमा अपराजित कीर्तिमानसहित नेपाललाई जित दिलाएर सन् २०२४ मा पदोन्नति समेत गराए।

अभिषेक आईटीएफ विश्व वरीयतामा अटाएका नेपाली पुरुष खेलाडी हुन् भने यूटीआर प्रो सिरिज खेल्ने पहिलो नेपाली हुन्। उनले अमेरिकामा छात्रवृत्तिमार्फत एनसीएए डिभिजन-१ मा खेल्ने अवसर पाएका थिए। जसले विश्व वरीयता पूर्व नम्बर १ खेलाडी नोभाक जोकोभिच, एन्डि मरेलगायत एटीपी तथा डब्लूटीएका खेलाडीको हिटिङ पार्टनर समेत गरेको थियो।

उनले खेलकै क्रममा झन्डै डेढ दर्जन देशमा आफ्नो खेल प्रदर्शन गरिसकेका छन् भने गतहप्ता भारतमा सम्पन्न यूटीआर प्रो सिरिजमा प्ले अफ म्याच खेले।

टेनिस करिअरमा आजसम्म जे-जति गरे आफ्नै बलबुतामा गरे। नेपाल टेनिस संघले आजसम्म कुनै सहयोग नगर्दा खिन्न देखिएका उनी संघ रमाइलोको लागि मात्र स्थापना गरिएको जस्तो देखिएको दु:खेसो पोख्छन्।

संघले टेनिस विकासको ठोस कार्यक्रम ल्याउन नसकेको उनको दाबी छ। उनै टेनिस खेलाडी अभिषेक बास्तोलासँग नेपालखबरले गरेको भिडिओ वार्ता–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad