कर्णाली याक्सले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले पावर प्लेमै तीन विकेट गुमाएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार साँझ जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले दोस्रो ओभरमा जर्ज मुन्सेलाई गुमायो। उनी शून्यमा आउट भए।
त्यसपछि दोस्रो विकेटमा रुपमा चौथो ओभरमा लोकश बम आउट भए। उनले ६ रन मात्रै बनाउन सके।
त्यसपछि छैटौं ओभरमा साम हेजलेट आउट भए। उनले १६ रन बनाए। विराटनगरले पावर प्लेममा ३५ रन मात्रै बनायो।
कर्णालीका लागि सोमपाल कामी, पवन सर्राफ र विलियम वसिस्टोले एक–एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो।
141
Shares

प्रतिक्रिया