भारत-नेपाल डिसाबिलिटी क्रिकेट शृंखलामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
शुक्रबार १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो। नेपाली टोली आइतबार भारतको हरियाणा प्रस्थान गर्नेछ। त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) ले पनि भारत जाने नेपाली टोलीको बिदाइ गरेको छ।
नेपाली टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवि धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी छन्।
त्यस्तै, अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अन्जना श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन्। प्रतियोगिता डिसेम्बर ३ देखि ५ सम्म हुनेछ।

प्रतिक्रिया