राजनीति


जेनजीले देखेको सपना नेकपाले पूरा गर्छ: गिरिराजमणि पोखरेल

जेनजीले देखेको सपना नेकपाले पूरा गर्छ: गिरिराजमणि पोखरेल

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १६:२५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता गिरिराजमणि पोखरेलले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भएको बताएका छन् । शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन जायज भएकाले नेकपाले समर्थन गरेको बताएका हुन्।

‘नवयुवा जेनजी पुस्ताले गरेको आन्दोलन जायज थियो। उनीहरूले देखेको सपना पुरा गर्नुपर्छ। तपाईंहरूको आन्दोलनलाई सबैभन्दा पहिले समर्थन गर्ने पार्टी नै हामी हौँ’, उनले भने।

कार्यक्रममा पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण देश सङ्कटमा गएको आरोप लगाए। जेनजी आन्दोलनपछि पनि ओलीमा अहङ्कार नहटेकाले मुलुक थप सङ्कटमा पुग्नेतर्फ सचेत गराए।

देश अहिले निकै सङ्कटमा रहेकाले तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको उनले बताए। अहिले मुलुक सङ्कटमा रहेको भन्दै जोगाउनुपर्ने अवस्था रहेको उनले बताए। उनले समयमै निर्वाचनको आवश्यकता रहेको समेत बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad