खेल


राखेपका सदस्य-सचिव घिसिङको बिदाइ

राखेपका सदस्य-सचिव घिसिङको बिदाइ

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १६:६, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङको शुक्रबार बिदाइ गरेको छ। 

२०७८ मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ गरिएको हो। कार्यक्रममा राखेपका बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको छ। 

कार्यक्रममा मिसन–२०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि वितरण गरिएको छ। 

सदस्य–सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र हस्तान्तरण गरेका छ। सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूदपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडीलाई धन्यवाद दिए। 

त्यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेपका सदस्य–सचिव घिसिङलाई बिदाइ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad