खेल


तनविरले लिए चार्ल्सवर्थको विकेट, काठमाडौंको लगातार विकेट पतन

तनविरले लिए चार्ल्सवर्थको विकेट, काठमाडौंको लगातार विकेट पतन

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १२:१८, काठमाडौँ

काठमाडौं गोर्खाजले चितवनविरुद्ध लगातार विकेट गुमाएको छ। 

नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध टस हारेर काठमाडौंले पहिले ब्याटिङ गरिरहेको छ। ५ ओभर सकिँदा काठमाडौंले तीन विकेट गुमाएसकेको छ। 

पाँचौँ ओभरको दोस्रो बलमा बीजी चार्ल्सवर्थ १४ बलमा १३ रन बनाएर आउट भएका छन्। चितवनका सोहेल तनविरले टोलीका लागि तेस्रो विकेट झारेका हुन्।  

यसअघि दोस्रो ओभरमा काठमाडौंका आकाश त्रिपाठी रन आउट र तेस्रो ओभरमा रसिद खान रवि बोपाराको हातबाट क्याचआउट भएका थिए।  

छैठौँ ओभर जारी रहँदा काठमाडौंले २९ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad