कला


एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ आजदेखि देशभरका हलमा

एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ आजदेखि देशभरका हलमा

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १२:२१, काठमाडौँ

एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमा ‘हर्ष’ आज (शुक्रबार) देखि प्रदर्शनमा आएको छ। 

प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले शुक्रबारको बिहानी शोमा पनि प्रशंसा पाइरहेको छ। 

देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको सिनेमामा पारिवारिक कथा छ।

बुधबार आयोजित प्रिमियर शोमा प्राप्त प्रतिक्रियाले निर्देशक शिव रेग्मी हर्षित देखिएकी थिइन्।

निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।

न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा बनाइसकेकी छन्।

सिनेमामा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीले अभिनय गरेका छन्।

सिनेमामा आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनील क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ। 

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखेकी हुन्। 

प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad