खेल


जनकपुरका खेलाडीको जर्सीमा आमाको नाम

जनकपुरका खेलाडीको जर्सीमा आमाको नाम

आमाको नामको जर्सी लगाएका जनकपुर बोल्टसका खेलाडी। सबै तस्बिर :सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १६:२, काठमाडौँ

सामाजिक कार्यका लागि आजको खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्टसले फरक जर्सी प्रयोग गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा दुवै टोलीका खेलाडीले जर्सी फेरेका हुन्। आजको खेलमा जनकपुरले पिंक र पोखराले हरियो जर्सी प्रयोग गरेको हो। 

जनकपुरका खेलाडीले आफ्नो आमाको नाम लेखेको जर्सी प्रयोग गरेका छन्। यो जर्सी खेलपछि अक्सनमार्फत बिक्री गरेर जेनजी आन्दोलनका सहिद परिवारलाई सहयोग गरिने जनकपुरले जनाएको छ। 

पोखराले भने यो जर्सी बिक्री गरेर आएको रकम जलवायु सम्बन्धी काम गर्ने संस्थालाई प्रदान गर्ने जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad