नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रिपरिषद् हुनुपर्ने बताएका छन्।
बिहीबार नेपाली कम्युनिष्ट पार्टीले यसबारे एजेण्डाहरु उठाएकाले एकता गरेको बताएका हुन्।
उनले जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताए। राजनीतिक स्थिरता बिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उनको भनाइ छ। शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ।
उनले भने, ‘जेन जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको थियो। अहिले राजनीतिक स्थिरता भएन भने देश समृद्ध हुँदैन, आर्थिक समृद्धि, सुशासन दिन सकिँदैन भन्ने छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ, शासकीय स्वरुप परिवर्तन हुनुपर्छ। विज्ञहरुको मन्त्रिपरिषद् हुनुपर्छ। यो कुरा कांग्रेस एमालेले उठाएको छ? यो कुरा नेपाली कम्युनिष्ट पार्टीले आज उठाएको छ, त्यसैले हामी नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरेका हौँ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रबाट अब संघीय समाजवादतर्फ अघि बढ्नुपर्ने जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया