खेल


गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता बेलचौतारा पुलिस स्कुलमा

गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता बेलचौतारा पुलिस स्कुलमा

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १४:३४, काठमाडौँ

नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँले मंसिर १७ देखि २१ गतेसम्म गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता विद्यालयस्तरीय फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगितामा गण्डकी प्रदेशभित्र कक्षा १० सम्मका १६ वर्षमुनिका विद्यार्थीहरूले भाग लिन सक्नेछन्। १६ विद्यालय सहभागी हुने यस कार्यक्रममा पहिलो प्राथमिकता तनहुँका विद्यालयलाई दिइनेछ। सहभागी विद्यार्थीहरूले परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र र पछिल्लो त्रैमासिक परीक्षाको अंकपत्र पेश गर्नु पर्नेछ।

प्रतियोगिता ११-ए-साइड प्रारूपमा नकआउट चरणमार्फत संचालन हुनेछ। खेलहरू प्रमाणित रेफ्री र खेल अधिकृतको निर्देशनमा हुनेछन् र खेलकुद अनुशासन तथा सुरक्षा मापदण्ड कडाइका साथ पालना गरिनेछ।

विजेता टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोलकर्ता र उदाउदो खेलाडीका लागि पनि नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

पुलिस स्कूलका समादेशक प्रहरी निरीक्षक दिनेश गौतमका अनुसार, प्रतियोगिताले विद्यालय तहमा फुटबलको स्तर वृद्धि गर्ने, ओझेलमा रहेका प्रतिभालाई उजागर गर्ने र गण्डकी प्रदेशमा अन्तर-विद्यालय खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आयोजकले प्रदेशका विद्यालय, प्रशिक्षक, विद्यार्थी, अभिभावक र खेलप्रेमीलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad