राष्ट्रपति रामचन्द्र पौडेलसँग साउदी अरेबियाका राजदूत शाद अबुहमिदले बिदाइ भेट गरेका छन्।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको शिष्टाचार भेटमा नेपाल र साउदी अरेबियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ।
साथै, राष्ट्रपति पौडेलले राजदूत शादलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे।
48
Shares

प्रतिक्रिया