सुदूरपश्चिम रोयल्सले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले खराब सुरुवात गरेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार दोस्रो ओभरमै प्रियांक पञ्चाललाई गुमाएको हो। त्यसपछि चौथो ओभरमा मार्क वाट र पाँचौ ओभरमा विलियम बसिस्टोको विकेट गुमाएको छ।
त्यस्तै, छैटौं ओभरमा कर्णालीका नजिबुल्लाह जड्रान एक रनमै आउट भए। कर्णालीले पावर प्लेमा चार विकेट गुमाएर ३३ रन बनाएको छ।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले तीन र हेमन्त धामीले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।
78
Shares

प्रतिक्रिया