मधेस


मधेसमा नयाँ मन्त्रीहरूको कार्य विभाजन, मुख्यमन्त्रीसँग अझै ८ मन्त्रालय

मधेसमा नयाँ मन्त्रीहरूको कार्य विभाजन, मुख्यमन्त्रीसँग अझै ८ मन्त्रालय

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १८:४२, काठमाडौँ

मधेश प्रदेशमा हालै नियुक्त मन्त्रीहरूलाई औपचारिक रूपमा कार्य जिम्मेवारी तोकिएको छ। 

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंसिर ८ गतेदेखि लागू हुने गरी मन्त्रालयहरूको कार्य-विभाजन निर्धारण गरेका हुन्।

मुख्यमन्त्री यादवले मुुख्यमन्त्रीको कार्यालयसहित ९ मन्त्रालयको जिम्मेवारी लिएका छन्। 

मन्त्रीहरूको जिम्मेवारी यस प्रकार तय गरिएको छः

१. मुख्यमन्त्री सरोज कुमार यादव
-मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
-भौतिक पूर्वाधार विकास मन्त्रालय
-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
-उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
- शिक्षा तथा संस्कृति मन्त्रालय
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
-अर्थ मन्त्रालय
-खेलकुद तथा समाज कल्याण मन्त्रालय
- श्रम तथा यातायात मन्त्रालय

२. मन्त्री लखन दास तत्मा
-ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय

३. मन्त्री बिमला अंसारी तरन्नुम
- गृह, सञ्चार तथा कानून मन्त्रालय

४. मन्त्री कंचन बिच्छा
- वन तथा वातावरण मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad