ad ad

खेल


लकडाउनका कारण खेलकुद नभएपछि आर्मीका खेलाडी ड्युटीमा

लकडाउनका कारण खेलकुद नभएपछि आर्मीका खेलाडी ड्युटीमा

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ११:३४,

विभागीय त्रिभुवन आर्मी क्लवका खेलाडीहरु आफ्नो ड्युटीमा फर्किएका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनमा लामो समय घरमा नै बसेका उनीहरु अहिले भने सेवामा फर्किएका हुन्। 

राष्ट्रिय टोलीका फरवार्ड तथा त्रिभुवन आर्मी क्लवका कप्तान भरत खवास त्रिभुवन विमानस्थलमा ड्युटिमा खटिएका हुन्। नेपाल आर्मीका उपसेनानी समेत रहेका भरत गत आइतबारदेखि ड्युटिमा खटिएको बताए। लामो समय परिवारसँग बिताएका उनले राष्ट्रले खोजेको बेलामा सेवामा खटिएको बताएका हुन्।

उनले भने, ‘हामी सबै सेवामा खटिईसकेका छौं, अहिले सबैले आफ्नो आफ्नो युनिटमा गएर जिम्मेवारी सम्हालिसकेका छन्। म पनि त्रिभुवन विमानस्थलमा आइसकेको छु।’

कोरोना भाइरसका कारण लामो समय फुटबल नभएपछी आर्मीले सबै खेलाडीलाई ड्युटीमा बोलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .