खेल


काठमाडौँको ब्याटिङ नचल्दा विराटनगरलाई १३५ रनको सामान्य लक्ष्य

काठमाडौँको ब्याटिङ नचल्दा विराटनगरलाई १३५ रनको सामान्य लक्ष्य

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १७:९, काठमाडौँ

काठमाडौँ गोर्खाजको ब्याटिङ नचल्दा विराटनगर किंग्सले १३५ रनको सामान्य लक्ष्य पाएको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिले ब्याटिङ गरेको काठमाडौँले ६ विकेटको क्षतिमा १३४ रन बनायो। काठमाडौँका लागि मोहम्मद आदिल आलमले ४८ रन बनाए। उनले चार चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र गेहार्ड इरसमसले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। 

विराटनगरका लागि मर्चेन्ट डि लाङगेले दुई, शुभम रञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad