लुम्बिनी लायन्सविरुद्धको खेलमा कर्णाली याक्सले आक्रामक सुरुवात गरेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले राम्रो सुरुवात गरेको हो। कर्णालीले पावर प्लेमा एक विकेट गुमाएर ६३ रन बनाएको छ।
कर्णालीका प्रियांक पञ्चल १२ रन बनाएर आउट भए। मार्क वाट ३९ रन र विलियम वसिस्टो सात रन बनाएर क्रिजमा छन्।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।
9
Shares

प्रतिक्रिया