खेल


लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको अर्धशतक

लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको अर्धशतक

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १३:४५, काठमाडौँ

लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सका मार्क वाटले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा मार्कले २९ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले तीन चौका र पाँचर छक्का प्रहार गरे। 

मार्कको अर्धशतकसँगै कर्णाली बलियो स्थितिमा पुगेको छ। नौ ओभरमै एक विकेट गुमाएर सय रन बनाएको छ। 

यसअघि ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad