खेल


लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १२:५४, काठमाडौँ

लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १५६ रन बनाएको हो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। 

त्यस्तै, १३ बलमा दुई चौका र एक छक्काको सहयोगमा २३ रन बनाएका जोनाथन स्मिथ नन्दन यावदको बलमा क्याच आउट भए। रुवेन ट्रम्पलम्यान २९ र शेर मल्ल सात रनमा अविजित रहे।  रुवेनले १४ बलमा एक चौका र तीन छकका प्रहार गरे। 

ओपनर डार्सी सर्ट १४ बलमा चार चौका सहयोगमा १९ रन बनाउँदा गुल्सन झाको बलमा प्रियांक पञ्चलको हातबाट क्याच आउट भए। अर्का

ओपनर सन्दीप जोरा एक रनमा नै नन्दन यादवको बलमा विलियम बसिस्टोको हातबाट क्याच आउट भए। समिर अली एक रनमा नै पेभेलियन फर्किए।

गुल्बदिन नैब सात रन बनाउँदा विपिन शर्माको बलमा एलबीडब्लुको धरापमा परे। दिलीप नाथ ६ रनमा आउट भए। 

कर्णालीका लागि नन्दन यादवले दुई, सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए। कर्णालीले केहीबेरमा ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad