भारतलाई सुपर ओभरमा पराजित गर्दै बंगलादेश एसिया कपको फाइलनमा प्रवेश गरेको छ।
कतारको दोहामा शुक्रबार साँझ भएको एसिया कपको पहिलो सेमिफाइनलमा बंगलादेशले भारतलाई पराजित गरेको हो। बंगलादेशले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ६ विकेट गुमाएर १९४ रन बनाएको हो।
अन्तिम ओभरमा भारतलाई १६ रन आवश्यक थियो। अन्तिम ओभरको पहिलो र दोस्रो बलमा एक–एक रन लिएको भारतले तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरेको थियो। त्यसपछिका दुई बलमा भारतलाई चार रन आवश्यक थियो।
पाँचौ बलमा बंगलादेशका रकिबुल हसनले भारतका आसुतोष तिवारीलाई १३ रनमा बोल्ड आउट गरे। त्यसपछि अन्तिम बलमा भारतका हर्ष दुबेले तीन रन लिए।
त्यसपछि सुभर ओभरमा गएको खेलमा भारतले रन बनाउन सकेन। बंगलादेशका रिप्पोन मण्डोलले दुई बलमा दुई विकेट लिए।
सुपर ओभरमा एक रन चाहिएको बंगलादेशले पहिलो बलमै विकेट गुमायो। त्यसपछि भारतका सुयाष शर्माले वाइड बल फालेपछि बंगलादेश विजयी भएको हो।
यो जितसँगै बंगलादेश फाइनलमा पुगेको छ। फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया