कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको आज ३७ औं दिन।
कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको छ। सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गते सम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेहरु बढेका छन्। सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ।
सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन्। तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ। उपत्यकामा मंगलबार मात्रै प्रहरीले १५ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको थियो। बुधबार पनि सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ।
अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन्। सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन्। भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन्।

प्रतिक्रिया