सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्धको खेलमा चितवन राइनोज दबाबमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको चितवन पहिलो ओभरमै विकेट गुमाउन पुग्यो। चितवनका प्रारम्भिक ब्याटर डेभिड मलान शून्यमा आउट भए। उनलाई लुम्बिनीका रुबेन ट्रम्पलमेनले बोल्ड गरेका थिए।
चौथो ओभरमा दीपक बोहरा १० रनमा आउट भएका छन्। उनलाई अभिनाष गौतमले आउट गरे। अहिले देव खनाल र रवि बोपारा क्रिजमा छन्।
18
Shares

प्रतिक्रिया