खेल


खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी, डा. अभिषेकको नेतृत्वमा कार्यदल गठन

खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी, डा. अभिषेकको नेतृत्वमा कार्यदल गठन

नेपालखबर
मंसिर ३, २०८२ बुधबार ७:१२, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद्ले ‘स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर’ सञ्चालनका लागि कार्यदल गठन गरेको छ।  

नेपाली खेलाडीको स्वास्थ्य उपचारका लागि रिसर्च सेन्टर सञ्चालन गर्ने उद्देश्यले त्यसको मोडालिटी लगायतका पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउन डा.अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन गरिएको परिषद्ले जनाएको छ। 

कार्यदलको सदस्य डा. घनश्याम पाण्डे चयन भएका छन् भने सचिवको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको खेल चिकित्सा तथा अध्ययन केन्द्रका प्रशासकीय अधिकृत दोवे तामाङलाई दिइएको छ। 

कार्यदलका संयोजक अभिषेकले यसअघि नेपाल क्रिकेट संघ (क्यान) को मेडिकल संयोजक भएर काम गरिसकेका छन्। 

खेलकुद मन्त्रालयले कात्तिक २८ गते राष्ट्रिय खेलकुद परिषद्को मातहतमा स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनको स्वीकृति सम्बन्धयमा आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो। 

कार्यदलको कार्यदिन ९० दिन तोकिएको छ। यस अवधिमा कार्यदलले रिसर्च सेन्टर सञ्चानलका लागि चाहिने र गर्न सकिने पक्षहरू समेट्दै प्रतिवेदन तयार गर्नुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad