खेल


मार्टिन गप्टिलको शानदार अर्धशतक

मार्टिन गप्टिलको शानदार अर्धशतक

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १६:५९, काठमाडौँ

विराटनगर किंग्सका ब्याटर मार्टिन गप्टिलले शानदार अर्धशतक बनाएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर विरुद्धको खेलमा गप्टिलले अर्धशतक प्रहार गरेका हुन्। उनले २८ बलमा तीन चौका र चार छक्काको मद्दतले अर्धशतक प्रहार गरे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको विराटनगरले १० ओभरको समाप्तिमा एक विकेटको क्षतिमा एक सय एक रन बनाएको छ। 

गप्टिल र लोकेश बम क्रिजमा छन्। बमले ३८ रन बनाएका छन्। 

त्यसअघि ६ बलमा एक चौका र एक छक्का सहयोगमा १० रन बनाउँदा जर्ज मुन्से म्याट टेलरको बलमा किरण ठगुन्नाको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad