खेल


मोबाइल र वेबमा यसरी हेर्नुहोस् एनपीएल सिजन २

मोबाइल र वेबमा यसरी हेर्नुहोस् एनपीएल सिजन २

नेपालखबर
मंसिर १, २०८२ सोमबार १७:८, काठमाडौँ

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त ओटीटी प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल अब डिशहोमगो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ हेर्न सकिने बनाएको छ। 

आजदेखि त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा सुरु भएको एनपीएल २ को प्रत्यक्ष प्रसारण डिशहोमगो एप तथा वेबसाइटबाट मात्रै हुनेछ, युट्युबमा स्ट्रिमिङ हुनेछैन। 

सम्पूर्ण खेल विना विज्ञापन हेर्न सकिने कम्पनीले जनाएको छ। सरल र सुविधाजनक भुक्तानीहरु इसेवा, खल्ती, भिसा र मास्टरकार्ड नेपाली प्रिमियर लिग (एनपीएल) २ का सबै खेल अब डिशहोम गोमार्फत - इसेवा, खल्ती, भिसा र मास्टरकार्ड बाट सहज भुक्तानी देश-विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सक्रियता यी माध्यमबाट जुनै भुक्तानी गर्न सक्नेछन्।

मोवाइल वालेटमार्फत इसेवा, खल्ती, अन्तर्राष्ट्रिय कार्डमार्फत भिसा र मास्टरकार्डबाट भुक्तानी गर्न सकिनेछ। 

दर्शक जहाँ भए पनि, आफ्नो मोवाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटो रुपमा भुक्तानी गरि एनपीएल हेर्न सकिनेछ। यो सिजन पास खरिदपछि आफूलाई सहज हुने मोबाइल एप वा वेब ब्राउजरबाट हेर्न सकिनेछ।

सब्सक्रिप्सन शुल्क नेपालभित्रका दर्शकका लागि ३०० रुपैयाँ, मध्यपूर्वका दर्शकका लागि ५०० रुपैयाँ र अन्य सबै देशका दर्शकका लागि १० अमेरिकी डलर लाग्छ। एकपटक सब्सक्रिप्सन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता भरे डिशहोम गो मा लाइभ स्ट्रीम, पुनः-प्रसारण तथा अन्य सामग्री हेर्न सक्नेछन्। 

डिशहोम गो मोबाइल एप (एन्ड्रोइड, आईओएस), एन्ड्रोइड टिभी र वेब ब्राउजर (वेबसाइटमार्फत) मा उपलब्ध छ।

नयाँ दर्शकको डिशहोम गो एप गुगल प्ले स्टोर साथै आईओएस एपको एप्पल स्टोरमा उपलब्ध छ। उच्च गुणस्तरको स्ट्रिमिङका लागि विश्वसनीय साझेदारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad