राजनीति


ओलीले बनाइदिएको क्रिकेट स्टेडियममा कुलमानले जुँगा मुसारेः महेश बस्नेत

ओलीले बनाइदिएको क्रिकेट स्टेडियममा कुलमानले जुँगा मुसारेः महेश बस्नेत

नेपालखबर
मंसिर १, २०८२ सोमबार १७:२१, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्लेख गरे। क्रिकेट स्टेडियम तिब्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनले बताए। 

केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको उनको टिप्पणी छ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ स्तरोन्नती गरिएको त्रिवि मैदानको उद्घाटनसँगै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासम्मले नैतिक हिसावले कुलमानको उद्घाटनलाई व्यङ्ग्य हुनेगरी वक्तव्य दिएको बस्नेतको दाबी छ।

उनले हरेक विकास निर्माणमा नेकपा एमाले र केपी ओलीको याद आउने पनि दाबी गरे।

उनले भने, ‘ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रस्तुत गर्ने कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो। क्रिकेट संघको अध्यक्षदेखी पारस खड्कासम्मले नैतिक हिसाबले कुलमानजीले गरेको त्यो उद्घाटनलाई व्यङ्ग्य हुनेगरि वक्तव्य दिनुभयो। त्यही भएर हरेक स्टेपमा नेकपा एमाले र केपी ओलीको याद आउनेछ।’

नेता बस्नेतले सोमबारबाट नेपालमा सुरु भएको एनपीएल क्रिकेट खेलको जगतमा निकै महत्त्वपूर्ण भएको पनि बताए। क्रिकेट खेल हेर्ने दर्शकलाई किर्तिपुरको ठूलो रुखको हाँगामा चढेर हेनुपर्ने बाध्यता अब अन्त्य भएको उनको भनाई छ।

उनले धरहरा, रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको बताए। उनले केपी ओलीको विरुद्धमा विदेशी शक्तिहरुले लगानी गरेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad