दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमै जनकपुरका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाज विरुद्धको खेलमा आसिफले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन्।
आसिफ ५४ रन बनाएर आउट भए। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरे।
प्रतिक्रिया