खेल


पोर्चुगल र नर्वे विश्वकपमा छनोट, इटालीले प्लेअफ खेल्नुपर्ने

क्रिस्टियानो रोनाल्डोले छैटौँपटक विश्वकप खेल्ने
पोर्चुगल र नर्वे विश्वकपमा छनोट, इटालीले प्लेअफ खेल्नुपर्ने

नेपालखबर
मंसिर १, २०८२ सोमबार ९:५९, काठमाडौँ

ब्रुनो फर्नान्डेज र जोआओ नेभेस दुबैले ह्याट्रिक गरेपछि पोर्चुगलले आर्मेनियालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ मा स्थान पक्का गरेको छ। 

गएराति भएको खेलमा पोर्चुगलले आर्मेनियालाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो। 

पोर्चुगलले विश्वकपका स्थान पक्का गरेसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक विश्वकप खेल्ने भएका छन्। 

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेज र जोआओ नेभेसले ह्याट्रिक पूरा गरे। रेनाटो भेइजा, गोन्कालो रामोस, फ्रान्सिस्कोले समान एक गोल गरे। 

जितसँगै समूह एफको पोर्चुगल ६ खेलमध्य ४ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोग्दै १३ अंकसहित शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो। 

यता समूह आईको शीर्ष स्थानमा रहँदै नर्वे २८ वर्षपछि विश्वकपमा पुगेको छ। आइतबार राति इटालीलाई ४–१ गोलले हराउँदै नर्वेले विश्वकपमा स्थान पक्का गरेको हो। 

नर्वेको जितमा एर्लिङ हालान्डले २ तथा एन्टोनियो नुसा र जोर्गेन लार्सेनले समान एक गोल गरे। नर्वेसँग पराजित भएको इटालीले भने विश्वकपमा स्थान बनाउन प्लेअफ खेल्नु पर्नेछ।

समूह आईमा नर्वे ८ खेलमा अपराजित रहँदै २४ अंकमा शीर्ष स्थानमा रह्यो। समान खेलबाट ६ खेलमा जित र २ खेलमा हार भोग्दै इटाली १८ अंकसहित दोस्रो स्थानमा रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad