मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स र एप्पल सेक्युरिटीजबीच सहकार्य सम्झौता भएको छ।
एप्पल सेक्युरिटीज ब्रोकर नम्बर १०१ पोखराको सेयर ब्रोकर पार्टनरका रुपमा आबद्ध भएको हो।
हालै सोल्टीमा एक कार्यक्रमबीच पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र एप्पल सेक्युरिटीजका सीईओ भावना लिम्बुबीच औपचारिक हस्ताक्षर भएको यो सम्झौता नेपाली क्रिकेट तथा समग्र खेलकुदको विकासतर्फ एक महत्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
एप्पल सेक्युरिटीजकी अध्यक्ष ऋचा मिश्रको समेत उपस्थिति रहेको सम्झौता कार्यक्रममा क्रिकेटको विकासका लागि यो सहकार्य गरेको बताए।
6
Shares

प्रतिक्रिया