खेल


जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १५:१४, काठमाडौँ

इंग्ल्यान्डका ओपनर ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। 

शनिबार सामाजिक सञ्जालमार्फत जेसन रोयले पोखराबाट खेल्ने क्लबले जानकारी दिएको हो। 

३५ वर्षीय रोय टी-२० मा ४ सय १२ खेल खेल खेल्दा १० हजार ५ सय ५४ रन बनाएका छन्। उनले इंग्ल्यान्डका लागि सन् २०२२ सम्म खलेका थिए

रोयसँग आईपीएल, विग ब्यासलगायतका लिग खेलेको अनुभव छ। 

पोखराले यसअघि न्यूजिल्यान्डका अलराउन्डर जिमी निशम, वेस्ट इन्डिजका अलराउन्डर रेमन रेइफ तथा इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad