राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध जिल्ला-जिल्लामा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

प्रतिनिधि सभा विघटनविरुद्ध जिल्ला-जिल्लामा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

तस्बिरहरू: रासस


नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १५:५७, काठमाडौँ

नेकपा (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ। 

विघटित प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै एमालेले देशभर आज प्रदर्शन गरेको हो।

एमालेले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, लमजुङ लगायतका जिल्लामा गरेको सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन्।

गुल्मीकोसदरमुकाम तम्घासमा आयोजना गरेको जनसभा कार्यक्रमलाई उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिस्ट लगायतले सम्बोधन गरेका थिए।

बुटवलमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गनुपर्ने माग गरे।

‘जसले घुसपैठ गरे, जसले यस खालको गुण्डागर्दी गरे, जसले यस खालको आतंकित गतिविधि गरे, जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठान धरासायी बनाउने काम गरे,’ विश्वकर्माले भने, ‘अब यो सरकारले त्यो छानबिन गर्न पर्दैन? ती अपराधीहरुलाई कानुनको दायरामा ल्याउनु पर्दैन? जेलबाट हजारौ कैदी छुटेका छन्, तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको?’

झापको बिर्तामोडमा आयेजित जनसभालाई सचिव एवं पूर्वमन्त्री पद्म अर्यालले सम्बोधन गरेकी छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिँदै सेनाको हेलिकप्टबाट भाग्न बाध्य भएका थिए। 

जेनजी आन्दोलनकै कारण पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ भने प्रतिनिधि सधा विघटन गरिएको छ। 

तनहुँको दमौलीमा आयोजना गरेको जन प्रदर्शन।

फागुन २१ गते प्रतिनिधि सभा चुनावको घोषणा गरिएको छ। तर, एमालेले भने प्रतिनिधि सभा विघटनको विरोध गर्दै त्यसलाई पुनर्स्थापना गर्नुपर्ने जिकिर गरिरहेको छ। 

लमजुङको बेँसीसहरमा आयोजित  जनसभा कार्यक्रमलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका छन्।

फागुनमा घोषणा गर्ने चुनावमा समेत भाग नलिने बताइरहेको एमालेले सडक आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापित गर्न बाध्य पार्ने दाबी गरिरहेको छ। 



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad