खेल


ईडन गार्डनमा दक्षिण अफ्रिकाको परीक्षा

ईडन गार्डनमा दक्षिण अफ्रिकाको परीक्षा

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ८:६, काठमाडौँ

भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकी क्रिकेट टोलीले आज पहिलो टेस्टमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ।

कलकत्तास्थित ईडन गार्डन क्रिकेट मैदानमा आज ९:४५ बजे भारत र दक्षिण अफ्रिकाबीच पहिलो टेस्ट हुँदै छ। आगामी विश्व टेस्ट च्याम्पियनसिपका लागि यस शृंखलालाई महत्त्वपूर्ण मानिएको छ। 

किनकि, दक्षिण अफ्रिाकाले अहिलेसम्म भारतमा राम्रो नजिता निकाल्न सकेको छैन। अहिलेसम्म दक्षिण अफ्रिकाले भारतमा खेलेका सात वटा टेस्टमा ६ वटा हारेको छ।

भारतीय स्पिन बलरसामु निरिह देखिँदै आएको दक्षिण अफ्रिकाका लागि इडन गार्डन टेस्ट पनि परीक्षाका रुपमा लिइएको छ। पछिल्लो समय भारतीय स्पिन बलर राम्रो प्रदर्शन गरिरहेका छन्। अझ कुलदिप यादव फर्ममा देखिएका छन्। घरेलु मैदानमा भएका टेस्टमा उनको प्रदर्शन राम्रो रहेको छ। 

डिफेन्डिङ टेस्ट च्याम्पियन दक्षिण अफ्रिका भने पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकिराखेको छैन। गत महिना पाकिस्तानसँग भएका दुई खेलमा एक खेल मात्रै जितेको थियो। 
भारतले भने पछिल्ला सात खेलमा चार खेल जितेको छ। दुई खेलमा हार बेहोरेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो। 

अहिले टेस्ट च्याम्पियनसिपको अंक तालिकामा भारत तेस्रो स्थानमा छ भने दक्षिण अफ्रिका पाँचौ स्थानमा छ। अस्ट्रेलिया पहिलो स्थानमा रहेको छ भने वेस्ट इन्डिज पुछारमा छ। वेस्ट इन्डिजले अहिलेसम्म खेलेका पाँचै खेल हारेको छ। 

शुभमन गिलको नेतृत्वमा भारत र तेम्बा बवुमाको नेतृत्वमा दक्षिण अफ्रिकाको टोली आज पहिलो टेस्ट खेल्दै छन्। भारतका ब्याटर शुभमन गिल र केएल राहुल तथा बलर मोहम्मद सिरज र जसप्रित बुमराहलाई प्रभाव पार्ने खेलाडीका रुपमा हेरिएको छ। 

त्यस्तै, दक्षिण अफ्रिकाका ब्याटरद्वय विआन मुल्डर र तेम्बा बुवामाले खेललाई प्रभावित गर्न सक्छन्। बलरद्वय केशव महाराज र कसिगो रबडाले ईडन गार्डन टेस्ट प्रभावित बनाउन सक्ने आकलन गरिएको छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad