कोशी


कोसीमा न्वाङी पर्वमा सार्वजनिक बिदा दिन प्रदेश सरकारसँग माग

कोसीमा न्वाङी पर्वमा सार्वजनिक बिदा दिन प्रदेश सरकारसँग माग

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ८:१४, विराटनगर

दनुवार जागरण समितिले न्वाङी पर्वका दिन प्रदेशभर सार्वजनिक बिदा दिन माग गरेका छन्।

दनुवार जागरण समितिका केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका संरचनाले संयुक्त रूपमा प्रदेश सरकारलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै हरेक वर्ष मंसिर २५ गते मनाइने न्वाङी पर्वमा सार्वजनिक बिदा दिन माग गरेका हुन्। 

ज्ञापनपत्र बुझाउने क्रममा दनुवार जागरण समितिको टोली।

पत्रमा दनुवार समुदाय देशका ७७ मध्ये ५४ जिल्लामा बसोबास  गर्ने अति सीमान्तकृत आदिवासी जनजाति भएको उल्लेख गर्दै उनीहरूको मौलिक संस्कार, भाषा, भेषभूषा र परम्परागत पर्व संरक्षण अत्यावश्यक रहेको भनिएको छ। 

गत फागुन ९ र १० गते उदयपुरको बैरेनीमा सम्पन्न पहिलो दनुवारी खाना उत्सवका अवसरमा न्वाङी पर्वलाई सामुदायिक साझा राष्ट्रिय पर्व घोषणा गरिसकिएको स्मरण गराउँदै त्यसलाई प्रदेश सरकारले औपचारिक मान्यता दिनुपर्ने माग दनुवार जागरण समितिले गरेको छ। 

उक्त घोषणालाई दनुवार समुदायका विभिन्न तहका संस्था, त्रियुगा नगरपालिका, कोसी प्रदेश सरकार र केन्द्रीय सरकारले समेत समर्थन गरिसकेको दाबी पत्रमा गरिएको छ। 

कोसी प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा न्वाङी पर्वमा कोसी प्रदेशभर सार्वजनिक बिदा दिने प्रस्ताव प्रदेशसभामा पेस गरी प्रदेश राजपत्रमा प्रकाशन गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाउने टोलीमा दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवार, कोसी प्रदेश अध्यक्ष गणेशकुमार दनुवार र उदयपुर जिल्ला अध्यक्ष कृष्णराज दनुवारलगायत २६ प्रतिनिधि सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad