खेल


कडा सुरक्षाबीच पाकिस्तान र श्रीलंकाको प्रतिस्पर्धा

कडा सुरक्षाबीच पाकिस्तान र श्रीलंकाको प्रतिस्पर्धा

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ७:५, काठमाडौँ

इस्लामावादमा भएको आत्मघाती बम विस्फोटपछि कडा सुरक्षाबीच पाकिस्तान र श्रीलंकाको क्रिकेट टोली आज दोस्रो एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्दै छन्।

पाकिस्तान र श्रीलंकाको खेल आज अपराह्न सवा ३ बजे रावलपिण्डीमा हुने भएको छ। बिहीबार तय गरिएको खेल सुरक्षाका कारण आजलाई सारिएको हो। 

कात्तिक २५ गते इस्लामावादस्थित जिल्ला अदालत बाहिर आत्मघाती बम विस्फोट भएको थियो। विस्फोटनमा १२ जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए। 

त्यसपछि श्रीलंकाली टोली स्वदेश फर्किन खोजेको थियो। तर, पाकिस्तानले सुरक्षा व्यवस्था बढाउने बताएपछि श्रीलंकाली टोली दोस्रो खेलका लागि तयार भएको हो। 

तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा पाकिस्तान विजयी भएको थियो। पहिलो खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। 

आज रावलपिण्डीमा हुने दोस्रो खेलका लागि सुरक्षा सतर्कता बढाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। श्रीलंकाली टोलीसँगै रावलपिण्डी क्षेत्रमा पनि सुरक्षामा कडाइ गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad