नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ। उनीसँगै कर्णाली याक्सले पाचौं विदेशी खेलाडी अनुबन्ध गरेको हो।
कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेष्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराए।
कर्णाली याक्सले ५ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियाङ्क किरित पन्चालले पहिलो पटक कर्णालीबाट खेल्दैछन्।
३२ वर्षीय बायाँ हाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन्। १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धसतक बनाए। एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन्।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।
Shares

प्रतिक्रिया