कोशी


प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १७:४२, मोरङ

कोसी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन। कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ। 

सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए। 

उनले भने, ‘सर्वदलीय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विघाह क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ।’ 

उनकाअनुसार जग्गा धनीपुर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad