नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रर्दशनलाई लिएर अनेक टिकाटिप्पणी हुँदै आएको छ। टोलीको खेल क्रमश: खस्किँदै गइरहेको छ। टोलीको प्रदर्शन खस्कनुको मुख्य कारण हो- घरेलु लिग नहुनु।
घरेलु मैदानमा सहिद स्मारक ए डिभिजन लिग हुन नसकेको झण्डै ३ वर्ष भयो। ३ वर्षदेखि लिग नहुँदा प्रशिक्षकले खेलाडीको विगतको प्रर्दशनलाई आधार मानेर खेलाडी छान्नुपर्ने बाध्यात्मक अवस्था छ। यस्तोमा नेपाली टोलीबाट नतिजाको मात्र आशा गर्नु खेलाडीमाथि नै अन्याय हुनेछ।
घरेलु लिग पूर्ण रुपमा रोकिँदा सबैभन्दा ठूलो मार खेलाडीलाई नै पर्दै आएको छ। नेपाली टोलीको प्रर्दशन लगातार ओरालो लाग्दा टोलीका मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिए। प्रशिक्षक रोसको राजीनामापछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरि खड्कालाई अन्तरिम प्रशिक्षकको जिम्मा दिएको छ।
प्रशिक्षक खड्काले यसलाई चुनौतीको रुपमा स्वीकार गरेका छन्। प्रशिक्षक खड्का भन्छन्- हामी आउट अफ ट्रयाक' भइसका छौँ। त्यसैले पुरानो नतिजालाई हेर्दै राम्रो प्रर्दशन गर्ने योजनामा छौँ।'

नेपाली टोलीले अबका खेलमा सम्मानका लागि खेल्न प्रशिक्षक खड्काले बताएका छन्। भएका खेलाडीबाट नै राम्रो टोली तयार पार्ने तयारीमा खड्का जुटेका छन्।
खड्काको नाममा १३ गोलको कीर्तिमान छ। उनको प्रशिक्षणमा रहेको टोलीमा फरवार्ड अञ्जन विष्टको पनि समान १३ गोल नै छ। अन्जन लामो समयदेखि गोल गर्न सकिरहेका छैनन्। टोलीको नतिजाले पनि अन्जनको प्रर्दशनमा फरक पर्ने प्रशिक्षक खड्काले बताए।
टोलीका नयाँ खेलाडी दीपेश गुरुङले पहिलोपटक टोलीमा पर्दा सपनाबाट ब्युझिएजस्तो भएको बताएका छन्। २३ सदस्यीय टोलीमा पर्दा खुसी लागेको दिपेश सुनाउँछन्।
मेहनत गरेको कारण नै यहाँसम्म आइपुगेको दीपेशको बुझाइ छ। ए डिभिजन लिग नहुँदा गाह्रो भइरकेको र दुख लागेको सुनाउँछन्। उनी भन्छन्, 'खेलाडी भएपछि खेल्न नपाउँदा गाह्रो हुने रहेछ। लिग नहुँदा फिट भइँदैन आउट अफ फर्म भइन्छ।'

नेपालले २७ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल भने मंसिर २ गते रहेको छ।
एएफसी एसियन कप छनोटमा नेपाल छनोट चरणबाट नै बाहिरिसकेको छ। नेपालको अबको प्रर्दशन भनेको नतिजाका लागि भन्दा पनि सुधारको लागि नै केन्द्रित हुनेछ।
छनोटअन्तर्गत मलेसियाविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल हो। तर देशको एकमात्र अन्तराष्ट्रिय स्तरको रगंशाला खेलका लागि अयोग्य हुँदा नेपाली टोली विपक्षीको मैदानमा गएर खेल्नुपर्ने बाध्यात्मक अवस्था छ।
नेपाली फुटबलमा यस्तै अवस्था रहिरहने हो भने नेपाली टोलीले घरेलु मैदानमा कहिले खेल्न पाउँछन् र समर्थकले नेपालको झण्डा फहराएर कहिले नेपाल, नेपाल भन्दै रगंशाला नै गुन्जाउन पाउलान् त?
तस्बिरहरू





Shares

प्रतिक्रिया