बंगलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम गर्दै खेलाडीहरूलाई बिदाइ गरेको हो।
खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले शुभकामना दिँदै बिदाइ गरे।
नेपालले कात्तिक २७ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल भने मंसिर २ गते खेल्नेछ।
नेपालले मलेसियासँगको छनोट खेल घरेलु मैदानमा खेल्नुपर्ने भए पनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि विपक्षीको मैदानमा नै खेल्न लागेको हो।
नेपाल एसियन कपको छनोट चरणबाट बाहिरिसकेको छ। नेपाली टोली भोलि मंगलबार बंगलादेश जानेछ।
108
Shares

प्रतिक्रिया