अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच आज हुने भनिएको वार्ताको प्रत्यक्ष प्रसारण गर्न एन्फा नमानेपछि खेलाडीहरूले वार्ता वहिस्कार गरेका छन्।
समयमा नै ए डिभिजन लिग नगरेको भन्दै खेलाडीहरूले बिहीबार एन्फाविरुद्ध प्रर्दशन गरेका थिए।
विरोधपछि एन्फाले वार्ताका लागि आज दिउँसो १ बजे खेलाडी संघलाई वार्ताका लागि बोलाएको थियो। वार्ताका लागि खेलाडी संघका अध्यक्ष विक्रम लामासहितका खेलाडी एन्फा पुगेका थिए।
तर एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि संघले ७ बुँदे मागपत्र पेश गर्दै वार्ता बहिष्कार गरेको छ।
वार्ताका लागि पुगेको टोलीले एन्फा महासचिव किरण राईलाई आफ्नो माग पत्र बुझाएको छ।
एन्फाले विज्ञप्ति जारी गर्दै वार्ताका लागि बोलाएपछि खेलाडी संघले पनि सामाजिक सञ्जालबाट वार्ताको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग राखेको थियो।
Shares

प्रतिक्रिया